दफा १२
हानी नोक्सानी बारे अधिकारीहरुको बचाउ
सञ्चालक वा संस्थानका कुनै कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको विनियम बमोजिम आफ्नो कर्तव्यको पालन गर्नको निमित्त असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराबाट भएको कुनै हानी नोक्सानीको निमित्त निज व्यक्तिगत तवरले जवाफदेही हुने छैन ।